Ozone Black Salt ( Bire Nun) 200GM

  • Ozone Black Salt ( Bire Nun) 200GM
  • रू 60.00


  • Product Code: Ozone Black Salt
  • Availability: In Stock

ओजन बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ । यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि लाभदायक हुन्छ ।
- बिरेनुनले पेटमा भएका विषाक्त तत्वलाई बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा ग्यास्ट्रिक, कब्जियत, अम्लीयपनलगायत समस्याबाट छुट्कारा मिल्छ । यसरी बिरेनुनले पेटलाई स्वस्थ र सशक्त राख्ने काम गर्छ । खाना पचाउनमा यसको महत्वपूर्ण भूमिका हुन्छ ।

– बिरेनुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्व हुन्छन् । जसका कारण मोटोपना, खराब कोलस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, रक्तअल्पता (एनिमिया), रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ ।
- यसले धातुबाट हुने असरबाटसमेत बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।

– यसको सेवनले कुष्ठरोग, दाद वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ । बिरेनुनलाई जुनसुकै तरिकाले पनि प्रयोग गर्न सकिन्छ । प्राकृतिक बिरेनुनले खानालाई सुरक्षित राख्ने काम गर्छ । यसलाई टेबुल साल्टका रूपमा वा साँध्ने खालका खानामा सोझै प्रयोग गर्न सकिन्छ । यसलाई पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।
- त्यस्तै, मनतातो पानीमा प्राकृतिक बिरेनुनको मिश्रण गरी नुहाएमा शरीरमा लाभ मिल्छ । 
– दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ । यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ ।
- दिसा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर ओजन बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहत महसुस हुन्छ ।
- बिरेनुन र ज्वानोपानी मिलाएर बिहान खालीपेटमा एक दुईकप सेवन गर्दा लाभदायक हुन्छ ।
- ओजन बिरेनुनलाई ग्रीन टी मा स्वाद र आवश्यकता अनुसार मिलाएर सेवन गर्दा न्यून रक्तचाप र ग्यास्ट्रीकको समस्या भएका ब्यक्तिहरुको स्वास्थ्यमा चमत्कारीक फाईदा पुर्याउन मद्दत गर्दछ ।

Write a review

Note: HTML is not translated!
    Bad           Good